(१)
सच्चा सुन्न छ भने पिलाएर गर्नू
कुरा हो; छुरा हैन, मिलाएर गर्नू
हिराले हिरा काट्छ भन्छन् त
चिलाइको समाधान चिलाएर गर्नू
थुतुनो कि उतुनोले बिगार्छ अरे !
अलि मुखलाई सिलाएर गर्नू
माया पिरेम हो हुन्छ जिन्दगीमा
दिल ज्यान सब दिलाएर गर्नू
फकाउनू ,बच्चा त बच्चा हुन्छन्
ललिपप चक्लेट् खिलाएर गर्नू
(२)
कै सुख्ख कै सुख्ख पिएर जानोस्
यस्तै छ दुनिया बिर्सिएर जानोस्
आउँछन् जीन्दगीमा गुलाब हुनुपर्छ
काँडामाथि मजाले फक्रिएर जानोस्
कफ़न सरिर त जान्छ जलेर यही
कै न कै त यहाँबाट लिएर जानोस्
जति बाँचिन्छ बाच्नोस् तर पनि
यहाँ एक एक पल जिएर जानोस्
सवाल यस्तो गर्नु जस्को जबाफमा
साराको छुरा ओठ सिएर जानोस्
(३)
कुरा लाउने काम छोराको होइन
चुरा लाउने काम छोराको होइन
मर्दको शान हो छाती देखाउनु
पुरा लाउने काम छोराको होइन
छोरोलाई बनेको हो पिउनु,नभन्नू
सुरा लाउने काम छोराको होइन
हाकाहाकी लड्नू रदिफ, पछिबाट
छुरा लाउने काम छोराको होइन
रदिफ खराल
म्यान्मार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।