हुन्छ भन, उधारो तिम्रो कहाँ कहाँ छ, म तिरी दिन्छु
धोका तिमीले दिएको कहाँ कहाँ हो भन, भरपाई गरी दिन्छु
शूली कहाँ चढ्नु पर्ने हो, त्यो ठाउँ पनि त देखाई देऊ
आँखा चिम्लेर सही, शूलीमा चढी तिम्रो मन भरी दिन्छु
ओखतीको बिर्को खुलेछ, त्यो पनि त कस्सिएर बन्द गरी देऊ
ओखतीलाई भुलेर सही, खोक्दै सपना तिम्रो देखी दिन्छु
कैद जीवन बाहिर डुली रहेछ, पिँजडाको चाबी लगाई देऊ
धेर थोर सही पिँजडा भित्र, तिम्रो रङ्गमञ्चसँग सुती दिन्छु
आखिरीमा भेट्न आएछौ, सम्झनालाई काँडे फूल भए पनि देऊ
मन टुटाएर नै सही, हाँसी हाँसी तिम्रो मनबाट बिदा लिई दिन्छु।
सिद्धिचरण नगरपालिका-२, ठूलाछाप, निशंखे, ओखलढुङ्गा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला