उसले त्यो दिन मेरो दाम थाहा पाएछ
जुन दिन मलाई किन्न पैसा लिएर आएछ
नेपालले भोकमरी यसरी हटाएछ महोदय
गरिब नेताको आश्वासनबाट अगाएछ
उसले बालाई वृद्धाश्रम पुर्याएछ
अनि मलाई पाल्छ भन्दै छोरा जन्माएछ
हात्तीले कमिलालाई भनेछ हेर म अग्लो छु
कमिलाले हात्तिकै टाउकामा गुँड बनाएछ
हिजो अरुको सर्वस्व हराउँदा हाँस्ने उसले
आज आफ्नो फुटेको सिक्का खोज्न पठाएछ
यो बस्ती धेरै वर्षअगि बगाएको थियो
सरकारले भर्खर पौडी खेल्न सिकाएछ
तीन चार वर्षको साटो दसैं आजै लाग्यो
छोराले एयर्पोर्ट अगाडि टीका लगाएछ ।
दुधौली-1, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला