कहिले जनघात भयो त कहिले राष्ट्रघात भयो
बहुदलमा सधैँ सरकारमै आसिन कुजात भयो

पहिले जन्मको आधारमा र अहिले बंशजलाई
देशमा नागरिकता पाउने विदेशी औकात भयो

मुटु पिरो हुन्छ नेपाली मूलका देशविहीन हुँदा
जमिन खोसी खेद्ने विगतकोझैं हालत भयो

शासक कुपुत्र जन्मायो मेरो देशले हिजो आज
उसैले छोप्यो कमान सधैँभरि देशकै मात भयो

जनताले उनैलाई दिए भोट र पठाए सरकारमा
देशलाई धितो राखेर फर्कियो त्यो सौगात भयो

गणतन्त्र ल्याउन मारिएकै हजारौं देशका सपुत
उनैको सहदात यो देशको लागि वाहियात भयो।