सास न हो तिम्रो न मेरो, जान्छ आउँदैन फर्केर हेर
विश्वासमा लिनु पर्छ हर कोहीलाई, के गर्नु तर्केर हेर ।

कवि मन थियो उसको पनि, कमजोरी सम्झिएर गयौ
अपमानका गोला वर्षायौ, छिया छिया ह्रदय चर्केर हेर ।

शत्रु नै भए पनि पीडा पनि, सहन सक्ने दिनु पर्छ नि
के गरोस् विचरा देखाउँछ, आँसु आँखाबाट दर्केर हेर ।

रुवाउने त सबैको रहर जस्तो भो, जो कोहीलाई यहाँ
अरुलाई किन दोष दिनु, बरु नुन चुक आँफैमा छर्केर हेर ।

समय आउँछ भनेकै हो केवल, हरेकको यहाँ कुर्नु पर्छ
हतारो निर्णय हुन्न फलिफाप, केही बेर त पर्खेर हेर ।