कस्तोसँग बढिराछ नेपालमा बेरोजगारी
लाइन हेर विदेशिने गरिराछन् मारामारी

सात दशक अघिसम्म नेपाल अनि कोरियाको
प्रतिव्यक्ति आय पनि झण्डै थियो हाराहारी

उन्नतिको ठाउँमा अझ अवनति भयो देशको
नेपाल आमा रोइरहन्छिन् बलिन्द्र ती आँशु झारी

कसरी यो हविगत भयो सबले बुझ्नु पर्छ
केले खायो भित्रभित्रै देशै यस्तो खोक्रो पारी ?

देशको यत्रो युवाशक्ति लालायित छ विदेशिन
यता भने बाँझिदै छन् गाउँका सबै खेतबारी

मिहिनेतको त्यो पसिना आफ्नै देशमा झार्न पाए
सिँचाई गरी खन्जोत् गरे गैरीखेत बन्थ्यो टारी

आऊ सबै मिली यहीँ उन्नतिको बिऊ रोपौं
सुशासन र शान्ति फुल्छ कालो बादल जान्छ फारी

होस्टे हैंसे गर्यौं भने यही धर्ती स्वर्ग बन्छ
नेपाल आमा मुस्काउनेछिन् बिसाएर पीरको भारी ।

तिलोत्तमा-२,रुपन्देही