बोलचाल गर्दैमा के हुन्छ भन्दै बोलीले लुट्न खोज्ने हौ तिमी
गोधूली साँझमा बन्द कोठाभित्र पर्दा लगाई छिप्न खोज्ने हौ तिमी
पख बस भन्दै घण्टौँ कुराउने बेमतलबका गफमा भुलाउने
खाली सिसी दिई त्यसैको मधुरसमा विलिप्त पार्न खोज्ने हौ तिमी
फल त्यो पाकेको छैन काँचो छ तैपनि खान कर लगाउने
कदम त्यो सारै ढिला छ गन्तव्यविहीन कुदाउन खोज्ने हौ तिमी
सरल छ तिम्रो लागि जिन्दगानी मोरो आँसुमा ताली बजाउने
दियो कलश ठिक पारे झैँ गरी रापमा सेक्न खोज्ने हौ तिमी
अर्पण गर्न लागेको जोवनलाई बोझ मानी भारी बिसाउन बाहना बनाउने
प्रतिष्ठा आफ्नो मात्र हुन्छ झै गरी अरुलाई झुलाउन खोज्ने हौ तिमी
सिद्धिचरण नगरपालिका-२, ठूलाछाप, निशंखे, ओखलढुङ्गा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ कार्तिक २०८२, सोमबार 








