(१)

छन् कति हो कति यसो भन्यो यार
कत्ति हुन्छन् असत्ति यसो भन्यो यार

भने जति कै छ, भए बरु बड़तै होला
रुप छ तर छैन मति यसो भन्यो यार

भुलेर नलाग्नु नि केटीको चक्करमा
धुँवा हुन्छ है सम्पति यसो भन्यो यार

बिहानै त्यो विमति मुहार देखेर
परियो कस्तो अगति यसो भन्यो यार

दुईचार पैसा के कमाथ्यो चढिगयो
कोही छैनन् म जति यसो भन्यो यार

(२)
तिमीले दिएको चिठी अनि खाम हुँदा
च्यात्न थर्थराउँछन् हात तिम्रो नाम हुँदा

आउन सकिनँ जहाँ तिम्ले बोलाकीथ्यौ
माफ गर बिन्ती ! प्यारी त्यस्तै काम हुँदा

सजाउँछु तिम्रै निम्ति मनको चौतारी
आऊ, बिसाऊ मजाले गर्मी घाम हुँदा

उपहारमा हार, जुहार दिन सोचेथेँ मैले
रातो गुलाबले टारेँ सुनको दाम हुँदा

ए मेरो रदीफ हजुर म यसरी निदाउँछु
हजुरको छातीमा आनन्दको आराम हुँदा

(३)
कुरा लाउने काम छोराको होइन
चुरा लाउने काम छोराको होइन

मर्दको शान हो छाती देखाउनु
पुरा लाउने काम छोराको होइन

छोरोलाई बनेको हो पिउनु, नभन्नू
सुरा लाउने काम छोराको होइन

हाकाहाकी लड्नू रदिफ, पछिबाट
छुरा लाउने काम छोराको होइन

(४)
जेठानसँग पनि सालासँग पनि
मिल्न जानेको छु प्यालासँग पनि

कति मिलेका डाह लाग्दो होला
भन्दा हुन् फूलका मालासँग पनि

साँचो हराएर आज रिसाएको छ
विचरा ! दैलाको तालासँग पनि

क़लम समाउने हातले अझै यहाँ
नाता गाँसेकै छन् कोदालासँग पनि

तलमाथि लन्जुफन्जु जान्दैन रदीफ
हाकी बोल्छ ठुलाठालासँग पनि

(५)
उनी बिनाको जीवन अब हलचल हुँदैन
विश्वास लाग्छ उनको पक्कै छल हुँदैन

औँसीको रात बन्नेछ उनको साथ नरहँदा
सायद दायाँ बायाँ तलमाथि दलदल हुँदैन

क्षितिज पारि हुँदा पनि कत्ति धेरै यादमा छु
नयनमै बसेकीछौ नसम्झेको कुनै पल हुँदैन

सारा हाँसो खुशी मेरो उनैमा जोडाएको छु
एक्कै पाइलाको गन्तव्य पनि सफल हुँदैन

उनी मेरो साथमा रहन्छिन् म उनको साथमा
एकअर्कामा अभावको कुनै तलतल हुँदैन

(६)
उनको खुशीमा सबै थोक मिले जस्तो लाग्छ
त्यसैले उनको इच्छाबिना जबर्जस्ती बल हुँदैन

मेरो पनि बेग्लै यौटा मीठो जवानी भैदिए
मजा हुन्थ्यो जिन्दगानी, जिन्दगानी भैदिए

मन कुरा खोल्ने थिएँ पूरा मन खोल्ने थिएँ
तिमी मसँग नजिकैको चिनाजानी भैदिए

मेरो आत्मा रमाउँथ्यो शरीर जलिगए पनि
दुनियाँको मुटुमा मेरो प्यारो कहानी भैदिए

धर्ती ओछ्याउँछु बरु, बरु आकास ओडिदिन्छु
सबै पुग्छ बस् प्यारो गजलको सिरानी भैदिए

(७)
कति साह्रो मज्बुर बनाउँछ पैसाले
परिवारदेखि दूर बनाउँछ पैसाले

धनको तागत हेर्नुस् त हजुर यहाँ
कानुनलाई थुरथुर बनाउँछ पैसाले

देश विदेश पनि पानी पँधेरो जस्तै
लन्डन र सिंगापुर बनाउँछ पैसाले

बिहानीको त छाक टर्यो बेलुकी ?
मनमा भुटो हुर्रहुर बनाउँछ पैसाले

यो पापी पैसोले के नै गरेन यार ?
देवतालाई असुर बनाउँछ पैसाले

होउन्जेल हो यार नभए पछि त
गल्लीको कुकुर बनाउँछ पैसाले

कमा रदिफ कमा पैसा चैँ कमा
दुनियाँको हजुर बनाउँछ पैसाले…..

(८)
संसारले के नै गर्थ्यो माया मर्ने भए
दैव पनि आफैँ मर्थ्यो माया मर्ने भए

किसानजस्तै रहेछ यो जिन्दगी पनि
किन बिज नै छर्थ्यो माया मर्ने भए

दूर त शरीर छ, मन-आत्मा कहाँ छ र ?
झन्झन् माया किन भर्थ्यो माया मर्ने भए

आमा हुनु भो छोराको छाती समातेर
छाती नै घच्घचाउनु पर्थ्यो माया मर्ने भए

रदिफ’को अंश त, हुन्छ हुन्छ काफिया
गजल नजन्मिदै मर्थ्यो माया मर्ने भए

(९)
हिउँले हिउँ ओढेको हिमाल कस्तो होला ?
बिरानो देशमा छु मेरो नेपाल कस्तो होला ?

सुसाउँदै बग्छन् भन्छन् मर्स्याङ्दी र सेती
गाउँदै बग्ने गण्डकीको छाल कस्तो होला ?

लेकलाई सिंगारेर लाली गुँरास फुल्छिन रे
नौरंगी डाँफे अनि मुनाल कस्तो होला ?

सुन्दरताको मालिक रे पोखरा र माछापुछ्रे
त्यो रारा त्यो फेवा ताल कस्तो होला ?

कान्छीलाई घुमाउने काठमाण्डू शहर भन्थे
अचेलभरि काठमाण्डूको हाल कस्तो होला ?

(१०)
छन् कति हो कति यसो भन्यो यार
कत्ति हुन्छन् असत्ति यसो भन्यो यार

भने जति कै छ, भए बरु बड़तै होला
रुप छ तर छैन मति यसो भन्यो यार

भुलेर नलाग्नु नि केटीको चक्करमा
धुँवा हुन्छ है सम्पत्ति यसो भन्यो यार

बिहानै त्यो विमति मुहार देखेर
परियो कस्तो अगति यसो भन्यो यार

दुईचार पैसा के कमाथ्यो चढिगयो
कोही छैनन् म जति यसो भन्यो यार

(११)
तिमीले दिएको चिठी अनि खाम हुँदा
च्यात्न थर्थराउँछन् हात तिम्रो नाम हुँदा

आउँन सकिनँ जहाँ तिम्ले बोलाकी थ्यौ
माफ गर बिन्ती ! प्यारी त्यस्तै काम हुँदा

सजाउँ’छु तिम्रै निम्ति मनको चौतारी
आऊ, बिसाऊ मजाले गर्मी घाम हुँदा

उपहारमा हार, जुहार दिन सोचेथेँ मैले
रातो गुलाबले टारेँ सुनको दाम हुँदा

ए मेरो रदीफ हजुर म यसरी निदाउँछु
हजुरको छातीमा आनन्दको आराम हुँदा

म्यान्मार