तिमी अलिकति मुस्कुराएर त हेर, संसार फरक देखिन्छ
आँखामा आँखा जुधाएर त हेर संसार फरक देखिन्छ
त्यो छिमेकी दुस्मन ठान्यौ, दुस्मनकै नजरले हेर्यौ
सहयोग लागि गुहारेर त हेर, संसार फरक देखिन्छ
तिमी सधैँ सुकिला आँखाबाट किन हेर्छौ सरकार ?
कैलेकाहीँ आँखा रसाएर त हेर, संसार फरक देखिन्छ
आँखा उघारेर कति हेर्छौं मात्र बाटोका दुःखीहरूलाई
एकफेर मन उघारेर त हेर, संसार फरक देखिन्छ
ती दुःखका चोट बल्झाउँदै दुःख मान्दै रुन्छौ किन ?
सुखका पल सम्झिएर त हेर, संसार फरक देखिन्छ ।
भोजपुर नगरपालिका -१२, टक्सार, पैयापानी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला