
छविलाल खड्का
वीरताको चिनो वीरका सन्तान
देखियो आज एकता र पहिचान ।
गर्वले मुसुक्क हाँसिन् धर्तिमाता
एक मतले संशोधन हुँदा संविधान ।
राष्ट्र र राष्ट्रियतामा समस्या पर्दा
खोज्यो देशले वीरताको बलिदान ।
एक हुनु रे हिमाल पहाड तराई
भन्छिन् आमा राख पुर्खाको मान ।
भन्छन् नि भाइ फुटे गवाँर लुटे
तसर्थ बचाइ राख एकताको शान ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
