तपाईँलाई लाग्यो होला
गरिबी निमिट्यान्न पार्लान कार्यकालभित्रै
सिंचाइ होला त्यो बाँझो खेतमा
साना नानीबाबु प्रविधिसँग खेल्दै
सिकाएका स्वाद लिन्छन् ।

हिलाम्मे बाटो पीच सडक हुनेछन्
रोजगारीका निम्ति राहदानी बनाउने दिन जालान्
चेलीबेटी निर्धक्क हिँड्न पाउलान्
त्यसैले केही नसोची मलाई जितायौ ।

तिमीहरू जस्तो मुर्खलाई मुर्गा बनाएँ
असन्तुष्टलाई ठेक्का पारिदिएँ
म लुटेरा हुँ, म लुटिराख्छु
अख्तियारले नसमाएसम्म ।
चप्पल पड्काएर हिजो पो हिँडियो
आज सक्दिनँ
फुक्क चिउरा र दालमोठ हिजो पो चपाइयो
आज सक्दिनँ ।

किनभने
आज त जनप्रतिनिधी हुँ
तपाईंको प्यारो नेता
तपाईंहरूकै दानापानीले बाँचिरहेको यो लुटेरा
आज नि लुटिरहेको छु
तपाईंको साथ पाएसम्म ।

सुरुवात आफँैबाट गर्ने हो
त्यसैले घडेरी जोडेकै छु
व्यापार बढेकै छ कालाबजारीको
हेरम अब चै देश समृद्धि हुनेछ
जब सहरमा मेरो नि घर हुनेछ
बैंक मौज्दात रकममा वृद्धि हुनेछ ।