अलि नजिक हुन खोज्यो जाऊ भन्दिन्छे
सानै भए नि गिफ्ट पाए सि वाउ भन्दिन्छे
कैले फेरि टिल्पिल पार्छे मृगनयन मोरी
प्रिय राजा मलाई आफ्नी बनाऊ भन्दिन्छे
कपोलकल्पित सागरमा सवार नाउमा बसी
टाइटानिकको पोजमा मलाई समाऊ भन्दिन्छे
सारी लाम्चे मिलाएर टिपिक्क ब्लाउजमा
तिजको व्रत बस्दा छुन्छु पाऊ भन्दिन्छे
अर्को साल लगनगाँठो पार्ने प्लान छ रे
त्यसै ले त अलिक धेरै कमाऊ भन्दिन्छे ।
डा. मुक्तराज लामिछाने
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला