त्यही एउटा भेट जुन मेरो तिमीसँग भयो
धेरैपछि सम्झिएर आज मन दंग भयो

तिमीले हेर्यौ, मैले हेरेँ, दुई आँखा चार भए
साटिएर तिम्रो मुटु म भित्रको अंग भयो

हुँदै गर्दा प्रेमका अंतरंग कुराकानी
लोभिएर मन पनि उतै तिमीसँग गयो

फेरि भेट होला भनी आशावादी बनिरहेँ
भेट् त भयो सपनामा, एकाबिहान भंग भयो

बाहिर केही डर तर भित्र मन खुशी थियो
त्यही खुशी आज मेरो जिन्दगीको रंग भयो

त्यही एउटा भेट जुन मेरो तिमीसँग भयो
धेरैपछि सम्झिएर आज मन दंग भयो ।