जिन्दगीमा के बाधक, के मादक बुझेको छु
श्रेय र प्रेय चिजको मानक बुझेको छु
म त धेरै चोटि रुँदारुँदै हाँसेको छु
आफैँलाई जिन्दगीको चालक बुझेको छु
सबथोक जलोस्, म मेरो बाँसुरी बजाइरहन्छु
मैले दुःखका एक एक कारक बुझेको छु
जिन्दगीमा रोग, भोक र शोक त हुन्छ नै साहेब!
दुख्दा ऐया नभन्ने दोस्ती एक साधक बुझेको छु।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला