केही मिठा क्षणहरू सपनामा आए
केही मिठा क्षणहरू सम्झनामा आए

अकस्मात भेटिएर एकैचोटी दुबैजना
लजाएका क्षणहरू सम्झनामा आए

झुकाएर परेली नजरको इशाराले
बोलाएका क्षणहरू सम्झनामा आए

नमानेर संकोच तिम्रासँग मेरा अधर
जोडिएका क्षणहरू सम्झनामा आए

धेरै चोटि हामी दुबै कस्सिएर अङ्गालोमा
बेरिएका क्षणहरू सम्झनामा आए

एकअर्काका हातहरू जुनीभरका लागि
समाएका क्षणहरू सम्झनामा आए

केही मिठा क्षणहरू सपनामा आए
केही मिठा क्षणहरू सम्झनामा आए ।
~~~

ओक्लाहोमा सिटी, ओक्लाहोमा, युएसए