सिकार भागेपछि निशानामा सोझ्याएर तीर के गर्नुहुन्छ
डाहा मनभित्र छ ऐनामा देखाएर पीर के गर्नुहुन्छ
आँखाहरू गएका छन् आँखैसामुन्ने घायल बनाएर
चन्चले यो मनलाई फेरि बनाएर गम्भीर के गर्नुहुन्छ
फुल्छ फल्छ मेरो सफलता मेरै पसिनाको गन्ध सुँघेर
कहीँ कसैले नदेखेको पत्याएर तक्दिर के गर्नुहुन्छ
ती टाउकाहरू मानिसभन्दा देवता बन्ने धुनमा छन्
जन्जिरको मालिकलाई चिनाएर जन्जिर के गर्नुहुन्छ
के के हुन्छ ढोका लगाएपछि त्यसबारे केही नसोच्नुस्
मोसो दल्दिनुपर्ने थियो लगाएर अबिर के गर्नुहुन्छ ?
बुटवल ११, रुपन्देही
हालः हेटौँडा -४, मकवानपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला