मिठोमसिनो दुईचार छाक चखाएर लग्यो
मान्छेलाई चुनावमा भेंडा बनाएर लग्यो
चप्पल पड्काउँदै क्रान्तिमा होमिएको ऊ
हेर्दाहेर्दै अकूत सम्पति कमाएर लग्यो
सक्कली नक्कली शरणार्थी छिद्र बाट
पशुलाई झैँ घाँस देखाउँदै फकाएर लग्यो
लहरो तान्दा पहरो गर्जन्छ भन्ने डरले
मूलढोकै देखि खबर दबाएर लग्यो
के गर्नु ! बलियो सँग धुरी नटमारेपछि
भ्रष्ट हुरीले न्यायको छानो उडाएर लग्यो
जतासुकै चुर्लुम्म डुबेको छ कुकर्ममा
बेथितिले पूरै सुशासन बगाएर लग्यो
~~~~
गजुरी, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला