कोही भन्छ यहाँ, नयाँ साल आयो
म भन्छु नजिक झन् काल आयो
हेर्दै रमाउँदा नीलो समुद्र तटमा
सर्लक्क निल्छुझैं गरी छाल आयो
उन्मुक्त भै पखेटा फिंज्दै गगनमा
उड्दै थिएँ झ्वाप्प महाजाल आयो
अँठ्ठिए वदन, पाउ, पक्ष सबथोक
आँखैअगाडि बन्दुक नाल आयो
छट्पटाउँदै थेँ मुक्ति खोज्दै
पछ्याउँदै व्याधा चाल आयो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 









