मेराे आफ्नै परिवार र घर कहिल्यै भएन
त्यसैले आफ्नाहरुकाे असर कहिल्यै भएन

बाहुनकाे ब्रान्ड दे सरकार मलाई काेटा पनि दे
तल्लाे उपल्लाे एक याे नाम थर कहिल्यै भएन

भन्छन् हुनेहरूलाई भएकाे वस्तुकाे भय हुन्छ
मसँग अभाव छ अभावकाे डर कहिल्यै भएन

हात माग्दा काँडा थमाइदिए भीरमा मान्छेहरूले
कुकुर वफादार भए मान्छेकाे भर कहिल्यै भएन

आज पनि सूर्य पूर्वबाटै उदायाे दिन पनि फेरिएन
पुरानाे समयलाई नयाँ वर्ष भन्ने रहर कहिल्यै भएन ।

दि.रू.म.न.पा.-१५