
बाँच्नेलाई दुख्छ, आगोले पोलेपछि
के अर्थ रह्यो नुन, चिनीमा घोलेपछि
पहिले नखानु, जो चिज खाइहाल्यौ
अहिले सुख पाउँछौ, ओकोलेपछि
ठट्टाले प्रेम चल्दैन भन्छन्, अनुभवी
बोल्न पाएँ भन्दैमा, प्याच्च बोलेपछि
आलोपालो बजार खोल्ने सहमति हो
अनुमति बिना तालाचाबी खोलेपछि
भूइँमान्छेलाई, चित्त बुझाउनै गाह्रो
रहरले के गर्नु बाध्यताले पिरोलेपछि।
दमौली, तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
