के देख्यौ त्यो मुहारमा मुसुक्क हाँस्यौ
साँच्चै पयौँ कि प्यारमा मुसुक्क हाँस्यौ ।।

बर्बराई एकोरिँदै टाढासम्म हेरि हेरि
आफ्नै होला संसारमा मुसुक्क हाँस्यौ ।।

ठूलै भीड आँखा धमिलो देखिएको बेला
बह अनि मनको भारमा मुसुक्क हाँस्यौ ।।

बुझ्नलाई केही क्षण कोसिस गरेँ मैले
कहानी भनेर बिस्तारमा मुसुक्क हाँस्यौ ।।

आशाको बीज बोकी भौतारिएको व्यक्ति
चाह रहिछ घरबारमा मुसुक्क हाँस्यौ ।।