रुझाएको साउने झरी सम्झना छ

तिमीलाई जीवन भरि सम्झना छ ।।

 

गाँजलुले आँखा सजाएर हेर्ने

अझै पनि ति सुन्दरी सम्झना छ ।।

 

ताराजुन हेरि अघाएको रातमा

केवल तिम्रै घरि घरि सम्झना छ ।।

 

उत्ताउलो भइ जे जे गरेको थे

तिमीसँगको मन् परी सम्झना छ ।।

 

तिम्रो याद सँगै जागि राख्छु राति

सधैँ भरि यसै गरि सम्झना छ ।।