महाभारत झैँ लडाइँ घनघोरकै छ
साधुका भन्दा परिचर्चा चोरकै छ
कात्रोमा गोजी खोज्नेका अघिल्तिर
बसाइ सिंहको आँगन फोहोरकै छ
लाञ्छना गतिरोध गरेर कहिल्यै नथाक्ने
गन्हाउने सत्ता समीकरण धेरथोरकै छ
जगै भत्काएर धुरी चढ्ने शासकका
निस्तेजका कदम जोर बिजोरकै छ
गर्ने भन्ने हनुमान परी गुथ्ने ढेडु झैँ
निदान नभएका समस्या पोहोरकै छ
मानवता टुक्य्राउने सन्तान थरिथरिका
पाल्न र फाल्न नमिल्ने जन्तु खोरकै छ
~~~
गजुरी, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला