बोटमा मुना पलाउँछ र पो वसन्त आउँछ
कोइली मीठो गीत गाउँछ र पो वसन्त आउँछ
ओढेर घुम्टो शिशिरमा बसेकी यी प्रकृति
मन्द मन्द मुस्कुराउँछ र पो वसन्त आउँछ
आरु फुल्यो, पैयूँ फुल्यो, पहेँलपुर छ तोरीबारी
माहुरी भुनभुन रमाउँछ र पो वसन्त आउँछ
चिरबिर गर्दै चरी बस्यो नुगाएर रुखको डाली
त्यही रुख पनि लजाउँछ र पो वसन्त आउँछ ।
गुल्मी
हाल: यमागुची, जापान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला