
घाट पुगेको मात्र देख्छ
मान्छे जलेको मात्र देख्छ
आँखा श्राप हो, पुतली हेर्नुस्
डिबी बलेको मात्र देख्छ
असारमा ढोका लगाएर सुत्छ सहर
मंसिरमा फलेको मात्र देख्छ
छिमेकी देख्दैन, मालिस गरेको
खुट्टा तानेको मात्र देख्छ
धन्यवाद सुन्दैन, धर्म चाहिन्न भन्छ
उसले पैसा तिरेको मात्र देख्छ
अस्तित्व, सहिष्णु चोरेको हेर्दैन न्याय
काँक्रो चोरेको मात्र देख्छ
बाटोमा काँडा छरेको बुझ्दैन साथी
बाटो मोडेको मात्र देख्छ
सायद तिम्रो ढोका अगाडिको पोस्टरले
मैले पर्खेको मात्र देख्छ ।
दुधौली-1, सिन्धुली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
