


सुरक्षा लामिछाने
नसिकाएनि समाजले छोरालाई बलात्कारी बन्नुपर्छ
बाध्य छन् छोरी बलात्कारीसँग पनि आभारी बन्नुपर्छ!
बा बिन्ती गर्छन् तिमी असल छोरी नबने पनि हुन्छ
यत्ति सम्झ सासू-ससुराकी असल बुहारी बन्नुपर्छ!
जीवनमा यस्तोसम्मको परिस्थिति पनि आउँदोरहेछ
कहिलेकाहीँ त आफ्नै देहको समेत व्यापारी बन्नुपर्छ!
अब पुरुषको जीवन स्थापनामा लाग्नु भन्दा पहिले
आफ्नै अस्तित्व टेकाउन सक्ने सौम्य नारी बन्नुपर्छ !



