उता सीमा मिचेदेखी निन्द्रा लाग्दैन सुत्ने बेला
यता अंशबण्डामा लड्दैछ थाक्दैन सुत्ने बेला ।।
अरे सरकार निन्द्रामा छ बुझ चिच्याउनु व्यर्थ छ
काल आओस् कुम्भकर्ण अंह जाग्दैन सुत्ने बेला ।।
लागेसी अनिकाल घरमा चाडैं सुत्ने आमालाई
हेक्का छ भोको पेटले खाना माग्दैन सुत्ने बेला ।।
रात पर्छ म उठ्छु र बन्दुक सुताउँछु सिमानामा
होईन भने दुश्मनले बाँकी राख्दैन सुत्ने बेला ।।
म सपनादेखी डराउँछु तैपनि हर रात आउने
सपनालाई थाहा छ यो मान्छे भाग्दैन सुत्ने बेला ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला