मरेपछि आउने समवेदनाको भेल रहेछ
आफ्नाहरूले तड्पाउने बाँचुन्जेल रहेछ

पराल बनाई दिललाई बिछ्याएको थिएँ
आशुँ देखाएर झुक्यायौ, मट्टितेल रहेछ

कोही हेर्न आउने यहाँ कोही खेल्न आउने
जिन्दगी एउटा अघोषित टुँडिखेल रहेछ

सबैभन्दा ठूलो बजार आर्यघाटमा थियो
सम्बन्ध भनेको मलामीको किनमेल रहेछ

मिसिदै गयो बिस्तारै टाउको दुखाउँदै गयो
हामीले गरेको माया पनि ककटेल रहेछ ।