बगे आज आँखा रसाएर नानी
नखोतल्नु जाती लुकेको कहानी

भिजे अङ्ग सारा वर्षिएर पानी
सधैँ ओसिलो भो पियारो निशानी

लुके जून तारा र ज्योति रजाइँ
म खोज्दैछु साथी कहाँ छ बिहानी

झरे रैछ पत्ता थियो डाली रित्तो
झुकें टिप्न खोजेँ बन्यो लौ खरानी

बनेको छ पाषाणले झैं कि के हो !
सधैँ हेर्छ साथी भिजेको सिरानी

खजुरा ३, बाँके