तिमी जित्यौ कि हार्यौ भनी सोध्यो उस्ले
के कुरा आफूतिर पार्यौ भनी सोध्यो उस्ले
तिमीबिना बाँच्न सक्छु भन्दिएँ मैले आवेशमा
किन चोखो माया साट्यौ भनी सोध्यो उस्ले
जीवनभर साथ दिने वाचा गरी छुट्टिएर
किन भाका टार्यौ भनी सोध्यो उस्ले
पुरानो फेरिएछ रुप रङ पहिचान तिम्रो
नामसँग कुन थर सार्यौ भनी सोध्यो उस्ले
वर्षौंपछि दोबाटोमा अचानक भेट हुँदा
सन्चो बिसन्चो के छ भनी सोध्यो उस्ले
कञ्चनपुर, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला