
हो, लोकतन्त्र नेपालमा छ भन्नुस्
ल्याउने मान्छे कुन देश गा’छ भन्नुस्
सिधा रुख पहिला काटिन्छ नभन्नुस्
बन्चरो पनि त सिधा छ भन्नुस्
उही ड्याङको मुला रैछ सोच्नुभन्दा
यी सबै ड्याङमा मुला छ भन्नुस्
तपाईंको चस्मा उता फर्केको रैछ
तपाईंको आँखा कता छ भन्नुस्
दूध छैन रातो चिया खाने, नसोध्नु
ह्या मलाई ग्यास्ट्रिक भा छ भन्नुस्
त्यो विधवाको पसल रैछ थाहा भयो
त्यहाँ सिन्दुरको बट्टा छ भन्नुस्
किसानको बाली पहेँलो हुन थाल्यो
रासायनिक मल कस्ले खा’छ भन्नुस्
जन्माउनुस्, हुर्काउनुस् अनि रुनुस् बुढेसकालमा
छिमेकीलाई छोरी औरिका छ भन्नुस्
सरकारले खुट्टा काटेको समाचार नभन्नू
सरकार बैशाखी बाँड्या छ भन्नुस्
छोरो चोर छ, डाका छ भन्दा लाज होला
बा ! मेरो छोरो नेता छ भन्नुस् ।
दुधौली-1, सिन्धुली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
