कतिसम्म लागू गर्नु गजलमा यी बहरहरू
गाउँतिरै जाउँ क्यारे छोडेर यी शहरहरू

धनपैसामा समाजले काडेतार लाएपछि
एकाएक चक्नाचुर भएका छन् रहरहरू

किन किन आनन्द यसमै पाउन थाले
जति पियो पिऊँ लाग्ने अनेक्थरी जहरहरू

समयले तालको माछी किनार लाउँदो रैछ
कमिलाको बाटो बने ओसिलो ती नहरहरू

मनले त भित्रैदेखि धेरै माया गरेको छ
छेउमा पर्दा लोलाउँछन् आँखाका यी नजरहरू

बेहोसीमै लेको रैछु नानाभाँती चिजबस्तु
होशमा आउँदा थाहा पाए कति रैछन् असरहरू

सिन्धुपाल्चोक