उनको यादमा उसले धेरै रात काटेको छ
रस दिई उसले आफैँ हात चाटेको छ

उनले उसलाई सधैं सधैं आफ्नो मान्छे भनिन्
टाढा बनिन् अनायासै मन फाटेको छ

हुन्छ हुन्छ भन्ने उनको रैछ सस्तो बानी
चाल पायो बल्ल उसले मुटु काटेको छ

उनले पनि चाल पाइन् बल्ल को हो आफ्नो
भनौँ भने कस्लाई भनून् वचन साटेको छ

खुल्ला दिलले हिँड्न सक्ने तागत छैन अब
सिउँदो अर्कै, डोरी उसको कपाल बाटेको छ

छाँगाबाट खसेजस्तै बनिन् होला आज
अब उसले फरक बाटो हिँड्न आँटेको छ ।