अकबरी सुनलाई कसी, लगाउनु पर्दैन
विगतमा जस्तै उत्साह, जगाउनु पर्दैन

पुरानो हिसाब नदेखाई, नयाँ कारोबार
पहिलो प्रेमको दस्तावेज, मगाउनु पर्दैन

एक समय थियो, मसँग कुनै डर थिएन
योगसाधनाले मनको डर, भगाउनु पर्दैन

मैले त्यो दिन फूलहरू समेल्न सिकाए
ओइलिएको फूल नदीमा, बगाउनु पर्दैन

भित्ताको कान हुन्छ, तपाईं भन्नुहुन्छ
मेरो बोली सुनेर भित्ता, अगाउनु पर्दैन।

दमौली, तनहुँ