मैले त मानेथे हजुरले कोल्टे बल्ल फिर्नु भएछ
कहाँ रैछ झन पो हजुर तलतल नै गिर्नु भएछ
यहाँले त धेरै पटक लुकामारी खेली सक्नु भयो
खेल सकियो भन्दा भन्दै ढोक्सो भित्र छिर्नु भएछ
महोदय तपाईंले त दरबारभित्र घुसिकन छाड्नु भो
भन्नुहोस् इज्जत साथ कसकसलाई कति तिर्नु भएछ
कति मुठ्ठी कस्न जानेको हजुरबुबाले अझ पनि लौ
अब त छोराछोरीकै शरीर हुनसम्म झिर्नु भएछ
फापो हजुरहरूलाई सबै चिज मज्जाले फापो नि
लौ ! कति मज्जाले शरीर हुनसम्म किर्नु भएछ ।
विराटनगर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला