नुहायाे सधै दुग्धधारा चलायाे
अशुद्धि नजाने कुरा के खुलायाे
सधैँ भन्छ साथी कि खाेटी छ दुग्ध ?
जमाना छ यस्तै र शङ्का पलायाे
थियाे हात कस्काे र साथी रिसायाे
पस्याे दुष्ट काेही र आगाे बलायाे
नछेक् बाेल्नलाई भनेकै थिएँ नि
नटेरेर हाँसेर ज्यूँदै जलायाे
भिरालाे उकालाे कुबाटाे थियाे कि !
कमायाे नि छाती र खुट्टा गलायाे
रिङे नेत्र मेरा सकेनन् कि देख्न
झुकेकाे छ डाली फुल्याे के फलायाे ?
खजुरा ३ बाँके
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला