
बितेका पल सम्झँदा कतै बात लाग्छ कि
पिएको छैन शराब तर मात लाग्छ कि
बगर पनि नदीसँग बिलौना गर्दो हो
छोडेर सधैँ जान्छ कहाँ कात लाग्छ कि
जिन्दगीको सुरताल सधैँ एउटै नहुने
वसन्तसँगै उजाड रुखमा पात लाग्छ कि
थिएन मन त देश छोडी परदेश जानलाई
भोको पेट भर्ने धनको थैली खात लाग्छ कि
उड्यो चरी आफ्नो गुँड छोडी बिलौना पोखेर
सिकारी सोच्छ बचेरा कतै हात लाग्छ कि
गुल्मी
हाल: यमागुची, जापान



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
