
गजल-१
जहाज अघि बढ्दै थियो छोडिदियौ तिमीले
लक्ष्यतिर पुग्न लाग्दा मोडिदियौ तिमीले
कस्ता कस्ता सपना थिए, साकार हुने थिए
कुन मन्त्रणाले जादू गरी तोडिदियौ तिमीले
हाम्रो आकाश पनि उघ्रिने थियो, धुम्मिएकै रह्यो
आशाको त्यान्द्रो पनि गोडिदियौ तिमीले
तिम्रो लक्ष्य के हो कतातिरका हौ तिमी
हाम्रो आशाको घ्याम्पो पनि फोडिदियौ तिमी
नवीन यात्रा निष्फल किन र कसरी भयो
अनिश्चितताको भड्खालोसित जोडिदियौ तिमीले।
===
गजल-२
राजनीति हाम्रो कता गयो कतैतिर जोडियो
हाम्रो लक्ष्य र आशा भने परैबाट मोडियो
यात्राको टुङ्गामा बिन्दुतिर जाँदैथियो कुन्नी के भो
टुङ्गोमा पुग्न नपाई अन्तैतिर मोडियो
सपना थियो हाम्रा आफ्नै घर बनाउने
जहाज अघि बढ्दै थियो बीचैमा तोडियो
इच्छाको बाली सप्रँदै थियो ओइलियो कसरी
कसको हातले हो कुन्नि फेदैमा गोडियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
