खुलेआम हिँड्न डर लाग्छ, सहरमा
मेरो नाम पनि प्रतिबन्धित रहेछ, घरमा
बाहिर ननिस्किनु तिमी, कतै भेटिन सक्छु
जस्तो नचाहेर पनि नदी बग्नुपर्छ बगरमा
बिर्सने क्रममा सबैभन्दा बढी याद आयौ तिमी
रोग जसरी फैलियौ मन, मुटु अनि नजरमा
आजकल कवि भएको छु, यस्तै लक्षण देखिन्छ
नत्र किन देखिन्छ तिम्रै स्वरूप हरेक अक्षरमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला