सलहको दाम बीस रुपैयाँ किलो तोकियो
तर सरकार यो भाउ अलि ढिलो तोकियो
कतिले बटुल्दै बटुल्दै सितन नै बनाए
जे भए पनि स्वादमा भने रसिलो तोकियो
गीतै बजाउनु भन्दा जन्तरले पो गर्छ कि
सरकारी उपाय यी थोरै सजिलो तोकियो
सलह फेमस भएपछि यस्तो पो लाग्दछ
अझै यस्को दाम एभ्रेज भन्दा बिलो तोकियो
केही हदसम्म बेरोजगारी अन्त गर्नलाई
रोजगारी योजना अत्यन्तै मलिलो तोकियो।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला