तिमीलाई छोएर आएको बतास मन पर्छ
किन होला त्यो दिलको काराबास मन पर्छ

गीत गाइरहने एउटी चरीलाई सोधी हेर
पिंजडा भित्रैबाट पनि आकाश मन पर्छ

यहाँ मान्छे त मान्छे लाग्दैनन् आजभोलि
पत्थरलाई ईश्वर बनाउने प्रयास मन पर्छ

पूरै रात सकिए पनि मात सकिए पनि
रित्तो होस् रित्तै सही गिलास मन पर्छ

यो दलदल रहेछ न निस्कन सक्छु न पौडन
कसरी भनुँ आमा, मलाई प्रवास मन पर्छ ।