
न रह्यो बाँस न बज्यो बाँसुरी आसुरीको आश छैन
टुहुराको खेतीपाती गाँस , बास र कपास छैन
मुखले राम राम बगलीमा छुरा त्यो कुटिल खेलमा
लाञ्छनाको ढाकछोप गर्न ऊ भन्दा अर्को खास छैन
छक्क परेका होलान् क्रमशः ब्रम्हा विष्णु महेश्वरहरू
किन, वेद जन्मेको धर्तीमा नैतिकताको बास छैन
अमृत पिउँदै विषवमन गर्नेको भीडभाड बढ्दो
दुःशासनको कुशासन बाहेक सुशासनको राज छैन
आलोपालो अलाप्दैछन् समृद्धि ल्याउँछौँ भनी
बेइमानीले ल्याउलान् भन्ने कुनै गुञ्जायनको आभास छैन
कानुन हातमा लिँदै नाच्छन् ताण्डव नृत्य गर्नेहरू
जीवित पीडाहरू माथि नढाकेका उपहास छैन ।
गजुरी,धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
