बजारमा मृत्युको पनि व्यापार हुन्छ
कमाउन खोज्नेहरू मारामार हुन्छ

देश कहाँ छ भन्नुस्? फगत बजार छ
निल्दै नेपाली अस्तित्व प्रतिकार हुन्छ

लाश पनि बिक्रीमा राखियो रे आज
मानवता विरोधी आफैँ सवार हुन्छ

जनता लखेटेर बाँदरले नेतृत्व लिँदा
मृत्यु पछि मात्र उसको उपचार हुन्छ ।

 

हेलम्बु-६, सिन्धुपाल्चोक