हामीले यसरी बुझौँ न त सारमा, आइरहेँ
म त उसलाई प्रेम गरेरै प्रचारमा आइरहेँ
ईश्वरको उद्योगको एउटा धागो त थिएँ म
नयाँ नयाँ कपडा बनेर बजारमा आइरहेँ
तिम्रो चुल्ठोबाट छुटेको जिद्दी कपालजस्तो
तिमी पन्छ्याइरह्यौ म तिम्रो निधारमा आइरहेँ
कहिलेकाहीँ चियाको कपले पनि सोच्दो हो
म यी कस्ता कस्ता मान्छेको सत्कारमा आइरहेँ
झुक्ने निहुरिने बानीले यतिसम्म थिच्दोरहेछ
धेरै समय जून हेर्न पनि म इनारमा आइरहेँ
मेरो संसार यति धेरै उदास त नहुनु पर्ने हो
हुनसक्छ म अरु कसैको संसारमा आइरहेँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला