केही जितका कुरा केही हारका कुरा
तर पनि अडिग छन् हिमालका टाकुरा
कोही छैन आफ्नो यहाँ न त जित न त हार
आफ्नाले नै हानेर गए छातीमाथि छुरा
बडो अच्चमको छ यो लोक
यहाँ पेटबाट जाल बुनिरहेछन् माकुरा
जित र हार सुनिश्चित छैनन् यहाँ
निरन्तर परिश्रम गरिरहेछन् पाखुरा
खै ऊ कसरी पो जितेर गयो र ?
मरणाशनमा समेत बाँकी रहे सपना अधुरा ।
शुक्लाफाँटा न. पा. ५, कन्चनपुर, सुदुरपश्चिम प्रदेश
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला