
अविवेकको गमले
स्वार्थ र कुबुद्धिसँग मित लगाई
भेडाको शरीरमा टाँसिएका जुम्राहरू
भेडाको तातो छालामा रमाउँदै
स्वजातीयतामा भातको मात लागेपछि
झर्छन् भेडाको रौँ खुर्काएसँगै
छुट्याउन सक्दैनन् सही के ? गलत के ?
सही दृष्टि दिने विदुर तीता लाग्दै गर्दा
सही लाग्छन् शकुनी र दु:शासनहरू
जन्माउँछन् पलेँटी कसेर गलत आशनहरू
कामान्ध भै पाण्डु रोगबाट
व्यभिचारयुक्त आत्मा भड्काउँदै
आफूलाई ऐनामा इदी अमिन देख्दै
कोरकोरमा आफू नै सही चोर ठान्छन्
मनभित्रको मन्दिरमा पापको घडा राखेर
पूजा गर्छन् आफ्नो वक्रदृष्टिको चक्र घुमाउन
सही दृष्टि दिने विदुर तीता लाग्दै गर्दा
सही लाग्छन् शकुनी र दु:शासनहरू
जन्माउँछन् पलेँटी कसेर गलत आशनहरू ।
भी न पा -३, कन्चनपुर

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
