आयुको पाण्डुलिपिमा
उमेरका विभिन्न रङ्गहरू
फगत उडिरहेछन् उडिरहेछन्
हावा हावामा
निस्लोट
धुवाँ धुवाँ सरह

परिरूपक बैँसहरू
एकाएक खिइँदै छन्
समयको वेगमा

तर पनि जिन्दगी, यात्रा
र संघर्ष जीवित छ
नेपथ्य अवशेषसम्म

अनि
म चलमलाइ रहेछु
समय
समयका अणुहरूमा

समय
समयका अणुहरूमा ।

 

सिक्किम, भारत