जसरी खोलिएका हुन्छन्
नसालु पदार्थमा लिप्त हुनेहरूका लागि
सुघार गृहहरू, त्यसैगरी
किन खोलिएनन री-ह्याबहरू
हामी प्रेमले बर्बाद पारिएकाहरूका लागि

सायद हुनसक्छ यो लत
बडो बेइमान भएर हो
फेरि री-ह्याबमै भइदिन सक्छ कोहीसँग
एक तुच्छ प्रेम, जसले री-डिस्ट्रोय पारिदिनेछ
एकतमास चलिरहेको जिन्दगी ।

 

बैतडी