
फुटाएर गिट्टी बनाऊ
वा चाङ लगाएर पर्खाल उठाऊ
डबलीमा बिच्छ्याऊ
वा छानामा राख
मूर्ति कुँदेर पूजा गर
वा शौच गर
ढुङ्गाले तिमीलाई प्रश्न गर्दैन
तिम्रो विवेक र प्रयोगलाई
बिना प्रतिरोध स्वीकार गर्छ ।
प्रश्न गर्नु अपराध हो भने
प्रतिरोध गर्नु पागलपन हो भने
मलाई माफ गर्नु महोदय
म अपराधी हुन तयार छु
म पागल बन्न तयार छु
तर ढुङ्गा बन्न सक्दिनँ ।
छेकेर छेकिँदैन
थुनेर थुनिँदैन
बाटो खोज्छ र बग्छ
तताए बाफ बनिदिन्छ
चिस्याए बरफ बनिदिन्छ
अनुकुल समयमा फेरी
आफ्नै रुपमा फर्कन्छ पानी
हो महोदय
तमाम प्रणी र वनस्पतिजगत् साथ
सजीवताको मूल बन्छ पानी ।
मलाई माफ गर्नु महोदय
तिमीले जति ढुङ्गा बनाउन खोजेपनि
म ढुङ्गा बन्न सक्दिनँ
म त पानी बनेर तिम्रै साथमा हुनेछु
तिम्रै वरिपरि हुनेछु ।
कालेश्वर, महाङ्काल —४
ललितपुर

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
