आँखी डिलमा अश्रुधारा बलिन्धारा नरोऊ आमा
तिम्रो सन्तान टाढी सक्यौ सम्झीसम्झी नरोऊ आमा
दुनियाँको भिडमा हराउँछन् सन्तानहरू
आशाका तान्द्राहरू बटुलेर नरोऊ आमा
जिन्दगीको गोरेटोमा यात्राहरू तितरबितर
त्यही यात्राको साँध हेरी, सन्तान सम्झी नरोऊ आमा
मुटु फुटी अश्रु बग्दा, मनको वहले छाती पुर्दा
ममताका किलाहरू ठोकीठोकी नरोऊ आमा
समयको चक्रसँगै तिम्रो सन्तान दूर गगन
कसले बुझोस् जन्मदाता विवशता र परगमन
कसलाई फूर्सद तिम्रो आमा, मनको बह सुनिदिने
बुढेसकालको लौरो बनी, तिमीसँगै हिँडिदिने
अशक्त त्यो प्रहरमा बग्छन् होला अश्रु जहिले
टुक्राटुक्री रहरहरू नबटुल्नु आमा कहिल्यै
नियतिको विवशतामा फसि सक्यो तिम्रो सन्तान
समीपताको रहर त्यागी दूर गगनमा तिम्रो सन्तान
टाढिएका सन्तान सम्झी नरूनु है आमा पीरले
नयन द्वय कोपे जस्तै नहोस त्यो झिरले !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला